छथरकी युवती परिवारको सम्पर्कमा
धनकुटा । तेह्रथुमको छथरबाट गत भदौ ३ गतेदेखि परिवारको सम्पर्कमा नरहेका युवती सम्पर्कमा आएकी छिन् ।
छथर गाउंपालिका १ घर भएका आशा गुरुंग भदौ ३ गते मेला भर्ना भनि गएको र सोही दिनदेखि घर नफर्की सम्पर्कविहिन भएकी थिइन् ।
सामाजिक संजाल र धनकुटा खबरमा समेत उनी सम्पर्कविहिन रहेको समाचार आएपछि हिजो परिवारलाई फोन सम्पर्क गरेकी छिन् । फोन सम्पर्कमा उनले भनिन् भोलि घर आउंछु तर कहां गएकी थिइन् केही खुलाइनन् ।


