तेह्रथुममा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु

तेह्रथुम, भदौ १३ गते । तेह्रथुमको लालिगुराँस नगरपालिका-१ स्थितमा सवारी दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

हिजो बेलुका लालिगुराँस नगरपालिका-१ लम्बु खोला स्थित मध्य पहाडी लोकमार्गमा इटहरीबाट ग्याँस लोड गरी तेह्रथुमको म्याङलुङ तर्फ जादै गरेको को.१ ख १६८१ नम्बरको ट्रक ब्रक फेल भई ओट लगाउने क्रममा ट्रकको चक्काले किच्दा सह-चालक सुनसरी इटहरीका ४५ बर्षीय रमानन्द चौधरीको घट्नास्थलमानै मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न चालक रामधुनी नगरपालिका-४ का ४५ बर्षीय तेज बहादुर राईलाई इलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖