कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्न सम्झौता

काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा अस्पतालमा अस्पतालमा विस्तारित सेवा दिने विषयमा भक्तपुर क्यान्सर अस्पताल तथा सेवा सञ्चालन गर्ने विषयमा कोशी अस्पतालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलसमेत उपस्थित कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रविनराज सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

गत साउन २७ गते उनले घोषणा गरेको योजना तथा प्राथमिकतामा सबै प्रदेशबाट क्यान्सरको उपचार सेवा उपलब्ध गराउने उल्लेख थियो । सोही अनुसार भक्तपुर क्यान्सर अस्पतालले अब कोशी अस्पताललाई क्यान्सरसम्बन्धी बिरामीको पहिचान र निदानसम्बन्धमा सेवा दिन सघाउनेछ ।

कोशीमा क्यान्सर उपचारका लागि चापका आधारमा सेवामा सघाइने भक्तपुर क्यान्सर अस्पतालले बताएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लामो समयपछि सबै प्रदेशमा क्यान्सरको परीक्षण र निदान सुरु हुने अवस्था आएको बताए । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सकिए नागरिकको ठूलो धनराशी जोगिने र राज्यको छरिएको रकमसमेत एकत्रित हुँदा उपचार सहज हुने बताए ।

मन्त्री पौडेलले कोशी प्रदेश सरकारको सक्रियतामा विराटनगरस्थित शैलजा आचार्य हृदयरोग केन्द्रको निरीक्षणसमेत गरेका छन् । त्यसक्रममा उनले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग समन्वय गरेर केन्द्रको उपचार प्रभावकारी बनाउन सघाउने बताए ।  जनशक्ति र प्याथ ल्याब सञ्चालनमा समेत सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।