झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
झापा । झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ ।
बिहीबार बेलुका कनकाई–५ चप्रमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापाबजार तर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नं. को मोटरसाइकलले बाटो क्रस गर्दै गरेको पैदलयात्री सोही स्थानका सुन्तली टुडुका छोरा करिब ४ वर्षीय आर्यन टुडुलाई ठक्कर दिएको थियो ।
घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगि सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगेकोमा अस्पताल पुर्याउन साथ चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक झापा गाउँपालिका–२ का २४ वर्षीय बसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।


