यी हुन् मोटरसाइकल दुर्घटनामा परि निधन भएका इलामका युवक

झापा ।झापाको बुट्टावारी स्थित बुट्टाबारी सडक खण्डको पूूर्वपश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनाका घाइते मध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

घाइते मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका वडा नम्बर ७ का दिपाङकर राईको उपचारका क्रममा बीएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत भदौ १८ गते साँझ ५ बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ गिरीबन्धु टि–इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा मुक्तिचोकबाट काँकरभिट्टातर्फ जाँदैं गरेको मे १० प ३५४४ नंम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्तिचोकतर्फ आउँदै गरेको ना ५ ख ९१२२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।उक्त दुर्घटनामा परि मोटरसाइकल चालक राई र पछाडी सवार मोरङका सुबोद बस्नेत घाइते भई दुवै जनालाई बीएण्डसी हस्पिटल लगिएकोमा राईको मृत्यु भएको हो।मृतक दिपाङ्कर सुर्योदय नगरपालिका वडा नम्बर ७का वडाध्यक्ष एल वि चाम्लिङ राईको छोरा हुन् हुन भने दिपाङ्कर( स्काई वाक कन्याम) कन्याम क्लाउड प्रालिका कर्मचारी रहेका थिए।

अर्का घाइते बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र ट्रक चालक झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय संजय माझीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।