बिराटनगरबाट अनलाईन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
बिराटनगर । मोरङको बिराटनगर महानगरपालिका वार्ड नं १२ स्थित विभिन्न अनलाईन एप्स मार्फत अनलाईन सट्टेबाजी सम्बन्धी गैरकानुनी कृयाकलाप गर्दै आएको भन्ने गोप्य सुचनाको आधारमा विराटनगर मनपा वडा नं. १२ बस्ने २० वर्षिय उत्सव अर्याल र १८ वर्षिय उत्कृष्ट अर्याललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ।
उनिहरुले प्रयोग गरेको एन्रोईड मोबाईल सेटमा 1xbet लगायतका एप्स डाउलोड गरी सञ्चालन गरेको र सो मार्फत अनलाईन डिजिटल खाताहरु समेतबाट सट्टेबाजि लिने दिने दुवै कार्य गरेकोले उनिहरुको घरकोठामा तलाशी गर्दा कम्प्यटुरको CPU थान-१, राउटर थान-१ ,मोबाईल २ थान समेत बरामद गरी जिल्ला प्रहरी कार्यलय मोरङबाट खटेको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

