मोरङको पथरीशनिश्चरेबाट नियन्त्रित औषधी सहित १ जना पक्राउ
मोरङ, भदौ २३ गते । मोरङको पथरीशनिश्चरे नगरपालिका ४ कुशल चौकबाट नियन्त्रीत औषधी सहित १ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय सरोज श्रेष्ठ रहेका छन् ।
हिजो राती ९ बजे अस्थाई प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ट्रामाडोल ७२४ चक्की र डिकोलिक ४८० चक्की सहित घरैबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।


