दमकमा गर्भिणी गाई चोरी गरेर मासु खाएको आरोपमा चारजना पक्राउ

झापा । झापाको दमकमा गर्भिणी गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

२ महिनाको गर्भिणी गाई चोरी गरेर काटेर खाएको उनीहरुलाई आरोप लागेको छ । दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी प्रेमबहादुर बिष्ट, खगेन्द्र दुलाल, विधान थापा र दमक नगरपालिका वडा नं ४ का गीता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले भदौ १८ गते राति लक्ष्मण बिष्टको दमक नगरपालिका वडा नं १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरेर काटेर खाएको आरोप छ ।

उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटिएको पाइएको प्रहरीले जनाएको छ । गाईधनीले प्रहरीमा उजुरी दिए पछि अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पाइएको पनि प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।