झापाको मेचीनगरबाट जंगली हात्तीको अंग सहित एकजना पकाउ

झापा । झापाको मेचीनगरबाट जंगली हात्तीको अंगसहित एकजना पकाउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर-९ का खगेन्द्र चापागाईं छन् । संरक्षित वन्यजन्तु हात्तीको अंगसहित उनलाई आज लामो समयको सुराकपश्चात डिभिजन वन कार्यालय झापा, सबडिभिजन वन कार्यालय धाइजन र धुलाबारी प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकका अनुसार चापागाईंका साथबाट ८ केजी बङ्गारा, दाँत, पुच्छर, खुर, नंग्रालगायतका शरीरका विभिन्न अंग बरामद गरिएको छ ।

उनले भण्डारण गरेर राखेको कोठाबाट अंगहरू वन कर्मचारी र प्रहरीले बरामद गरेका थिए । चापागाईंले लामो समयदेखि विदेश जाने प्रक्रियामा रहेका युवालाई महँगोमा औषधिको रूपमा उक्त अंग मिश्रित सामग्री बेच्ने गरेको खुल्न आएको छ ।

विदेश जाने प्रक्रियामा मेडिकल गर्दा छातीमा दाग देखिएका युवालाई दाग हटाउनका लागि मोटो रकम लिएर औषधिको रुपमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका चापागाईंसहित उनका बुवा र बाजे जडीबुट्टीको काम गर्दै आएको प्रहरीले जनाएको छ । हात्तीका अंगलाई धुलो बनाएर अन्य औषधिमा मिसाएर उनले बेच्ने गरेको पाइएको छ ।

चापागाईंलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । झापामा वन्यजन्तुको अंगसहित व्यक्ति पक्राउ गरेको यो घटना अहिलेसम्मकै ठुलो मानिएको छ ।-झापाटुडे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖