सुन्दरहरैचामा मोटरसाईकलले स्कुटिलाई टक्कर दिई दुर्घटना हुँदा १ जना घाईते
मोरंग । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँ स्थित पुर्व पश्चिम राजमार्गमा बेलबारीबाट ईटहरीतर्फ जाँदै गरेको तत्काल अल्फाबेट नखुलेको ५५९२ न. को २२०सिसि पल्सर मोसाले सोहि दिशा तर्फ जाँदै गरेको प्र.१-०२-०४८ प ६८५९ न.(१२५ सिसि) को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक घाईते भएका छन्।
मोरङको सुन्दरहरैचा ७ वस्ने ३२ बर्षिय मुना गौतमको अनुहार र शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइतेको उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर पठाइएको छ भने स्कुटर प्रहरीचौकि गछियाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको हो। मोटरसाईकल र मोटरसाईकल चालक तत्काल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको हो।-सुन्दरहरैचा अपडेट

