मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागु औषध सहित ६ जना पक्राउ

विराटनगर, असोज १६ गते । मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज १५ गते विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका-४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले Nitrazepam Tablet -१०० चक्की सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२-०३-००१ज ०११४ को विङगरलाई चेकजाँच गर्दा गाडीमा सवार त्रियुगा नगरपालिका-१० का २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राईको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामधुनिबाट खटिएको प्रहरी टोलीले रामधुनी-५ का २६ बर्षीय राज भुजेल, ईटहरी -१८ का २५ बर्षीय संदिप राई र बराहक्षेत्र -६ का २९ बर्षीय सन्देश राई समेतलाई स्पासरेस्ट-३०७ क्याप्सुल, ट्रामाडोल-३८ क्याप्सुल, डिकोलिक-१३ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।