रेडस्टार क्लब झापा इलाममा जारी दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश

इलाम । रेडस्टार क्लब झापा इलाममा जारी दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

उपाधिको बलियो दाबेदार मानिएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ को संघर्षपूर्ण जित निकाल्दै रेडस्टारले सेमिफाइनको यात्रा तय गरेको हो ।

रेडस्टारका आदित्य शाक्यले ३५ औँ मिनेटमा गोल गर्दा मच्छिन्द्रको लागि देवेन्द्र तामाङले ६५ औँ मिनेटमा बराबरीका लागि गोल गरेका थिए । रेडस्टारमा निराजन कार्कीले ८१ औँ मिनेटमा निर्णायक गोल गरे ।

बुधबारबाट सेमिफाइनलका खेलहरू सुरु हुनेछन् । बुधबार हुने पहिलो सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

बिहीबार हुने अन्तिम सेमिफाइनलमा रेडस्टार क्लब झापा र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र भारतका आठवटा फुटबल क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖