संसदमा रास्वपाको मागः रबि लामिछानेको निलम्बन फुकुवा गरियोस्

काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको निलम्बन फुकुवाको माग गरेको छ ।

 

सहकारी ठगी प्रकरणमा पक्राउ परी चार स्थानवाट धरौंटीमा रिहा भइरहेका सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको हो ।

 

प्रतिनिधिसभाको जारी  बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । ‘पुर्वाग्रही तरिकाले थुनामा राखेको र अहिले धरौंटीमा रिहा भइसकेका हाम्रा सभापति रबि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु‚’ उनले बैठकमा भने ।

 

सांसद अर्यालले लामिछानेमाथि सरकारले प्रतिशोध साँधिरहेको दावी गर्दै सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएकोसम्म भन्न भ्याएका छन । उनले सभापति लामिछानेको निलम्बन फुकुवा नगरे त्यसको मुल्य महंगो पर्ने पनि जनाए ।

 

बिभिन्न सहकारीवाट ग्यालेक्सी टिभीमा रकम लगेको अभियोगमा लामिछानेमाथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दीकरणका मुद्दा चलिरहेको अवस्था छ ।

 

सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाइ पद निलम्बन गरेका थिए । तर, लामिछाने भने कास्की, काठमाडौं, रूपन्देही र चितवनवाट २ करोड भन्दा माथी धरौंटी दिएर रिहा भइसकेका छन् । 
 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।