प्राबिधिक शिक्षमा बढी ध्यान दिऊँ: शंकर पोखरेल

काठमाडौं, ६ फागुन ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय प्राविधिक शिक्षाको समय भएको बताएका छन् ।

मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरी तुलसीपुर मेट्रो कलेज/तुलसीपुर बहुप्राविधिक शिक्षालयको  सभा हल शिलान्यास गर्दै पोखरेलले जागिर मात्र खाने मनस्थितिको जनशक्ति उत्पादन गरेर अब देश अघि नबढ्ने बताए ।

शिक्षा व्यवस्थाले नयाँ ढङ्गले समस्या समाधान गर्ने तरिका सिकाउनु पर्नेमा जोड दिए ।

 

`जागिर खोज्नकै लागि विदेश भए पनि जाने, अहिले विदेश जाने लहर हाम्रो शिक्षा व्यवस्थाको कमजोरी कारण पनि चलेको छ, अब हामीले त्यो शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्दछ’, पोखरेलले भने । 

अहिले पनि नेपालमा प्राविधिक शिक्षा प्रतिको लगाव बढ्न नसकेको बताउँदै उनले प्राविधिक जनशक्ति तयार नहुँदासम्म देश नबन्ने बताए । ‘देश बनाउने हो भने प्राविधिक शिक्षामा जोड दिनुपर्दछ, जति प्राविधिक जनशक्ति तयार भयो राष्ट्र निर्माणको यात्रा त्यति प्रभाकारी हुन्छ’, पोखरेलले भने । 

 

प्राविधिक शिक्षामा व्यवहारिक ज्ञान दिनु पर्ने उनको धारणा छ । प्राविधिक पढ्ने विद्यार्थीहरूले पढ्दा पढ्दै कमाउने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिए ।

प्राविधिक शिक्षालयले उद्यमका काम पनि पढाइसँगै अघि बढाउनु पर्ने पोखरेलले बताए ।

इतिहासको तथ्य आजको पुस्ताले थाहा पाउनु पर्ने बताउँदै पोखरेलले पढ्नको लागि सरकारसँग अनुमति लिने समयबाट आज देश अनिवार्य शिक्षाको अवस्थामा आएको बताए ।

 न्याय कसरी दिनुपर्छ भन्ने सिकाउन, मन्त्रिपरिषद्को निर्णय लेख्न, पढाउने मास्टरको लागि समेत २००७ साल अघिसम्म भारतबाट मानिस झिकाउनु पर्ने स्थिति रहेको उनले सुनाए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖