एमाले सामान्तवादको प्रतिनिधिः माओवादी महासचिव

पोखरा, ९ फागुन । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताएका छन ।

 

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै महासचिव गुरूङले सो कुरा बताएका हुन ।

 

नेता गुरूङले भने, ‘जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ। यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ। उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ। राष्ट्रियता अन्ततस् सामाजिक सम्बन्धको स्वरूप नै हो। यसलाई अलग अलग रूपमा बुझ्नु हुँदैन।’

 

‘नीजि सम्पत्तिको उत्पत्ति पूर्व वर्गीय विभाजन थिएन। त्यो समाजमा जातीय विभेद थिएन्’ गुरूङले भने, ‘राष्ट्रियता र समाजवादी क्रान्ति एक अर्कासँग निर्भर छन्। समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ। उत्पादनका साधनहरूमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ। यो बुझाइमा हामी स्पष्ट हुन जरूरी छ।’

एमाले सामन्तवादको प्रतिनिधि भएको पनि महासचिव गुरूङको आरोप छ । ‘कम्युनिस्ट आन्दोलनको माओवादी केन्द्रले मात्र गर्न सक्छ, एमालेले गर्न सक्दैन। एमाले सामन्तवादको प्रतिनिधि हो, दलालहरूको पार्टी भइसकेको छ। एमालेबाट समाजवादको कल्पना गर्न सकिन्नँ, त्यसको नेतृत्व हामीले नै गर्नुपर्छ,’ उनले भने । 

 

भेलामा पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताए ।

 

पूर्वसभामुख घर्तीले भनिन, ‘उत्पीडितहरूको पक्षमा माओवादी पार्टीले अविराम संघर्ष गरेको छ। माओवादी पार्टीको संघर्षकै कारण उत्पीडित जातिहरूले अधिकार पाएका छन्। आज जनयुद्धका उपलब्धी खोस्ने कुचेष्टा भइरहेको छ। त्यसका विरूद्ध निरन्तर संघर्ष जरूरी छ। यो तथ्यलाई हामी सबैले बुझ्नुपर्छ ।’

‘आज जनयुद्धका महानायक कमरेड प्रचण्डमाथि हमला भइरहेको छ,’ घर्तीले भनिन, ‘अध्यक्ष प्रचण्ड, तपाई हामी आदिवासी जनजातिहरूको अभिभावक हो। आन्दोलनको नेतृत्व हो। पहिचान र अधिकारको आन्दोलनमा हामी तपाईको रक्षकवच भएर उभिनेछौँ। प्रतिगामीहरू परास्त गर्नेछौँ।’
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।