धनगढीबाट गणतन्त्रविरूद्ध बिगुल फुकियो, यसको नतिजा चैतमा काठमाडौंमा हुन्छ : धवलशमशेर

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरुद्धमा धनगढीबाट बिगुल फुकेको र यसको निष्कर्ष चैत महिनामा काठमाडौंमा देखिने बताएका छन्।

‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा बिगुल फुकेका छन् र यसको अन्तिम नतिजा चैतमा काठमाडौंमा देखिने छ,’ महामन्त्री राणाले राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै मंगलबार भने।

राप्रपाले फागुन महिनाभरि सातै प्रदेशका प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली र सार्वजनिक सभाहरू सञ्चालन गर्ने र चैत महिना काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ। यस पटकको आन्दोलन निर्णायक हुने पार्टीको दाबी छ।

राप्रपाले नेपाली जनता, सेना र प्रहरी मार्ने मराउने काम नगर्ने प्रष्ट पार्दै शान्तिपूर्ण आन्दोलनबाट, जनताको बलबाट गणतन्त्र, संघीयता र धर्म निरपेक्षता खारेज गर्ने राणाले बताए। राजासहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य स्थापना गर्ने उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले गणतन्त्र, संघीयता र भ्रष्टाचारले देशलाई संकटमा धकेलेको, ऋणभार बढाएको र टाट हुने स्थिति सिर्जना गरेको बताए। अत्तरियाबाट धनगढीसम्म सञ्चालन गरिएको मोटरसाइकल र्‍याली कोणसभामा परिणत भएको थियो।

गणतन्त्र, संघीयता र भ्रष्टाचारविरोधी शक्ति सबै एकजुट भएर देशलाई बेथितिबाट मुक्त गर्नुपर्ने उनको जोड थियो।

‘राजसंस्था र सनातन हिन्दु अधिराज्यका समर्थक, गणतन्त्र, संघीयता र भ्रष्टाचारविरोधी सबै एकजुट भएर देश बचाउने अभियानमा लाग्नु पर्दछ। राजसंस्था स्थापनाका लागि जाग्न जरुरी भइसक्यो,’ राणाले भने।
पूर्वराजा ज्ञानेन्द्र शाहबाट जनतालाई साथ दिन आह्वान भइसकेको सन्दर्भमा राष्ट्र बचाउन सबै नेपाली जनता अघि बढ्नुपर्ने राणाको जोड थियो।
‘संघीयता र धर्म निरपेक्षता आयातित डलरको बलमा लादिएको अब प्रष्ट भइसकेको छ। यो कुरा नेपाली जनता कसैले पनि मन पराएका छैनन्,’ राणाले भने।

लाखौं जनतालाई मारमा पार्ने सहकारी ठगीलाई ठेगान लगाउने र भ्रष्टाचारी नेताहरूलाई राज्यबाट अलग गर्ने नेता राणाले उद्घोष गरे।
‘कलकारखाना बन्द भएका छन्। युवाहरू बेरोजगार बस्नुपर्ने स्थिति बनाइएको छ। सहकारी ठगीले लाखौंको उठिबास भएको छ,’ उनले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।