माओवादी अध्यक्ष दाहाल सहितका नेता सिरहामा

मुकेश कुमार यादव /सिरहा, १६ फागुन। नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ सिरहा आईपुगेका छन्।

जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिरहा आएका हुन्।

आज बेलुकी हुलाकी सडक अन्तर्गत भगवानपुर आईपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु त्यहि वस्ने कार्यक्रम रहेको जिल्ला इन्चार्ज अजय शंकर नायकले जानकारी दिए। 

स्वागत पश्चत अध्यक्ष प्रचण्ड स्थानीय व्यसायी बलराम साहको घरमा बासबस्ने व्यवस्था मिलाइएको छ। सवै नेताहरुलाई फरक फरक ठाउँमा बासको व्यवस्था मिलाईको  पार्टीले जनाएको छ। वास बस्ने स्थानहरुमै खाना व्यवस्था मिलाईएको इन्चार्ज नायकले जानकारी दिए। 

स्वागत कार्यक्रमपछि भोली विहान मोरनिङ्ग बाल्क सोहीक्रममा भेटघाट, नवराजपुर १ की सामुहिक बलात्कार पछि सङ्कास्पद मृत्युभएका स्वर्गिय रिङ्कु सदायको परीवारसँग भेटघाट, नगराजपुर चौकमा स्वागत, बरियारपट्टीमा भेटघाट तथा स्वागत, दरहिया, औरही, गणेशपुर, कृष्णपुर चौकमा स्वागत पश्चात अपरान्ह सिरहा सदरमुकाममा जनसभा आयोजना गर्ने कार्यक्रम रहेको इन्चार्ज नायकले जानकारी दिए। 

जनसभा पश्चात बसविट्टाचौकमा स्वागत पश्चात धनुषाको लागि विदायी हुने कार्यक्रम रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।