विरोधका बाबजुद पाख्रिवास एमालेको नगर अधिवेशन सम्पन्न(भिडियो सहित)

धनकुटा, फागुन १८ गते । विरोधको बाबजुद एमालेको पाख्रिवास नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको नगर अधिवेशनमा पाख्रिवास नगरपालिकाका पूर्व मेयर वृष (राजन) राईको समूहको विरोधको बाबजुद पनि नगर अधिवेशन सम्पन्न भएको हो ।

आफ्नो सदस्यताको विषयमा अन्तिम टुङ्गो नलगाए सम्म अधिवेशन नगराउन कोसी प्रदेश कमिटीले दिएको अादेशलाई समेत नमानी अधिवेशन गराएपछि विरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

एमाले कोसी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले गत फागुन १४ गते एक विज्ञप्ति जारी गर्दै वृष (राजन) राईको सदस्यताको टुङ्गो नलगाए सम्म पाख्रिवास नगर कमिटीको अधिवेशन प्रक्रिया अगाडी नबढाउन आग्रह गरेको थियो । सो आग्रह बावजुद अबिधेसन प्रक्रिया अघि बढेपछि विरोध भएको हो ।

यता नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आङलाले पार्टी बाहिर रहेको ब्यक्तिले गरेको विरोधको कुनै औचित्य नहुने बताउनु भयो । २०७९ फागुनमै वृष (राजन) राईले पार्टीमा नरहेको जानकारी पत्र पठाएर पाटी वाट बाहिरिएको आङ्लाको भनाई छ । कोसी कमिटीले अबिधेसन रोक्न पाटीलाई कुनै पत्र नपठाएको समेत जानकारी दिनुभयो ।

यसै बिच विरोधकै बाबजुद सिताराम राईको अध्यक्षतामा नेकपा एमाले पख्रिबास नगरपालिकाको ७५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

पाटीका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतित्थ्यतामा सम्पन्न सम्पन्न दोस्रो गाउँ अधिवेशनबाट राई सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।

नवनिर्वाचित कमिटीको उपाध्यक्ष मदन राई, सचिव दुर्गा सुबेदी,उपसचिव(खुला)तोर्ण बहादुर खपाङ्गी र महिला उपाध्यक्षमा मीठू देउजा निर्वाचित हुनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।