रबि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ?

काठमाडौं, २३ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानुन सबैको लागि बराबर हुने बताएका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अदालतले थुनामा राख्ने आदेश दिएपछि शुक्रबार राति लामिछानेलाई प्रहरी घरमा नै गएर पक्राउ पुर्जी काटेको विषयलाई लिएर रास्वपाका नेताहरूले षडयन्त्र भएको लगायतका टिप्पणी गरेपछि महासचिव पोखरेलले प्रहरीको पक्राउ पुर्जी काट्ने रीतिथिति लामिछाने गृह मन्त्री हुँदा पनि त्यस्तै भएको बताएका हुन ।

सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले गृह मन्त्री भइसकेका लामिछाने र रास्वपा नेताहरू यस विषयमा जानकार नै भएका उल्लेखसमेत गरेका छन् । आफूलाई पर्दा मात्र सुधारको खोजी गर्नुको कुनै अर्थ नहुने उनले स्पष्ट पारेका छन । 

 

‘प्रहरीको पुर्जी काट्ने ‘रीति र थिति’ रवीजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन, तर पनि सुधारको खोजी यस्तै वेलामा हुने त हो नि’, पोखरेलले लेखेका छन । 

 

रास्वपा सभापति रवि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा उच्च अदालतले थुनामा राखेर कारबाही अघि बढाउन शुक्रबार आदेश दिएको थियो । यस अघि जिल्ला अदालतले धरौटीमा छाड्ने गरी दिएको आदेशलाई उल्टाउँदै उच्च अदालतले सो आदेश दिए लगत्तै शुक्रबार साँझ लामिछानेलाई प्रहरीले बुढानीलकण्ठ स्थित उनको घरबाट नै पक्राउ गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।