ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, १ बैशाख । ओमानले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालसामू  ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

मुलपानी क्रिकेट माथिल्लो मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको हो ।

 

ओमानका लागि जीत व्रजेश शाहले ७८ बलमा ६ चौकको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे भने सिद्धार्थ सौम्य शंकरले १६, प्रतिश रमेशले १० रन बनाए ।

 

नेपालका लागि युवराज खत्रीले सर्वाधिक पाँच विकेट लिएका थिए । यसैगरी सन्तोष यादवले दुई तथा अपराजित पौडेल, अशोक धामी र  दयानन्द मण्डलले समान एक एक विकेट लिए ।

 

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ लुईस पद्धति ९डिएलएस० का आधारमा पाँच रनले पराजित गरेको थियो ।

 

यता ओमान पहिलो जितको लक्ष्यमा छ । ओमानले पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटको हार बेहोरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖