जेनजी आन्दोलनका क्रममा बेलबारीमा तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउने तयारी
बेलबारी । जेनजी आन्दोलनका क्रममा मोरङको बेलबारी नगरपालिका सहितका सरकारी कार्यलयहरु र अन्य संघसंस्थामा तोडफोड र आगजनी गर्नेहरुलाई कानुनी दायरामा ल्याईने भएको छ ।
आन्दोलनका क्रममा भाद्र २४ गते बेलबारी नगरपालिका,वडा नम्बर २ र ११ को कार्यलय,बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको कार्यलय,बेलबारी ३ मा रहेको बेलबारी चिसाङ साझेदारी बनको कार्यलय,बेलबारी १ मा रहेका नेपाली काँग्रेस,नेकपा एमाले,माओबादी केन्द्र,बेलबारी ३ मा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी,मंगोल नेशनल पार्टी लगायतका कार्यलयमा तोडफोड र आगजनी भएको थियो ।
आगजनीबाट कति क्षति भयो भन्ने बारेमा अहिलेसम्म कुनै आधिकारिक निकायबाट पुष्टि भएको छैन,तथापी करोडौको नोक्सानी भएको अनुमान छ ।
आन्दोलनका नाममा तोडफोड र आगजनी गर्ने छुट कसैलाई नभएको र त्यस्ता ब्यत्तिहरुलाई कानुनी दायरामा ल्याउने तयारी भईरहेको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख ईन्स्पेक्टर कृष्ण खत्रीले जानकारी दिएका छन । उनले फेसबुक,टिकटक लगायतका सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुका आधारमा त्यस्ता ब्यत्तिहरुको खोजी भईरहेको जानकारी दिएका छन ।
बेलबारीमा जेनजीको नेतृत्व गरेका युवाहरुले यसअघि नै तोडफोड र आगजनीमा आफनो संलग्नता नभएको र आफुहरुलाई जानकारी नभएको प्रतिक्रिया दिईसकेका छन ।


