तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक तीन दिनदेखि अवरुद्ध
काठमाडौ । मुग्लिन नजिक तुइन खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक तीन दिनदेखि अवरुद्ध भएको छ।
साढे ११ हजार गाडी करिब १२–१४ किलोमिटर लामो लाइनमा अड्किएका छन् भने, यात्रुहरू ठूलो असुविधामा भोग्नु परेको छ।
सडक कहिले खुल्ने हो अझै निश्चित छैन तर बिहानै देखि पहिरो हटाउने काम सुरु भैसकेको छ।


