चटपटे खाएपछि दोकानेलाई लाइसेन्स दिए, त्यसपछि सप्तकोशी नदीमा हामफाले…

सुनसरी । सुनसरीस्थित कोशी व्यारेजबाट एक पुरुषले हामफालेका छन्।सप्तकोशी पुलको ६ नं. ढोकाबाट ६२ वर्षीय पुरुषले हामफालेका हुन्। उनले चटपटे खाएपछि नदीमा हाम फालेको प्रत्यक्षदर्शीले जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झापाको कमल गाउँपालिका लखनपुर टोल निवासी लैनबहादुर थापाले चटपटे खाएका थिए।त्यसपछि उनले आफ्नो लाइसेन्स चटपटे दोकानेलाई हस्तान्तरण गरेपछि कोशी नदीमा हामफालेका हुन्।

स्थानीयले घटनाबारे थाहा पाएलगत्तै प्रहरीलाई सूचित गरे। कोशी व्यारेजबाट वरिष्ठ प्रहरी नायव निरीक्षक बलराम यादवको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा पुगेर खोजी कार्य थालेपनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ।

प्रहरीको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।