भान्जाको घरबाट ३ दिन अघि हिँडेका संखुवासभाका राई मृत फेला
रंगेली । रंगेली र कानेपोखरी सीमाना गेउरिया पुल नजिक वेवारिसे अवस्थामा भेटिएको मृतक संखुवासभा जिल्ला सिलिचोङ गाउँपालिका वडा नं. ४ माङतेवा (हिंगुवा) घर भएका बिन्द्रा कुमार राई रहेका छन ।
निज राईको मानसिक सन्तुलन ठिक नभएको र मोरङको लेटाङ जाँते स्थित भान्जाको घरबाट ३ दिन अघि हिँडेको पत्ता लागेको छ ।


