भोजपुरको हतुवागढीमा बाटो सफाई गर्दै गरेको जेसीबी दुर्घटना
भोजपुर । भोजपुरको हतुवागढीमा बाटो सफाई गर्दै गरेको जेसीबी दुर्घटना भएको छ ।
भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुरस्थित दुर्घटना भएको हो ।
बडा दशैं नजिकिएसँगै असोज ७ गते मङ्गलबार दिउँसो हसनपुर- कोल्टार सडक खण्डमा बाटो सफाई गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।
दुर्घटनाबाट मानवीय क्षति नभएको वडाध्यक्ष संजाल बायुंगले जानकारी दिनुभयो ।


