झापाबाट लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ

झापा, असोज ०८ गते । झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज ०७ गते बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय मुस्ताज मुस्लिम र बिर्तामोड- ६ का २६ बर्षीय समिर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-१ का ३३ बर्षीय हर्क बहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरपालिका- ११ का २६ बर्षीय बिरेन्द्र लिङ्देनलाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।