सुनसरीमा बिद्यालय सञ्चालकले पूर्व विद्यार्थीलाई आफ्नै अश्लील भिडियो पठाएपछि…

सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–३ स्थित स्मल हेभेन एकेडेमीका सञ्चालक हरेराम मिश्रले आफ्नै छात्रालाई अश्लील सन्देश पठाउँदै गोप्य अङ्ग देखाएको भिडियो सार्वजनिक भएपछि व्यापक आक्रोश फैलिएको छ।

सोही स्कुलबाट भर्खरै मात्र कक्षा १२ बाट पास आउट भएकी नाम परिवर्तन गरी ‘सबिता’ भनिएकी पीडित छात्राका अनुसार मिश्रले निरन्तर मोबाइलमार्फत अश्लील सामग्री पठाउँदै पार्टी रुममा बोलाएर भिडियो कलमार्फत आफ्नो गोप्य अङ्ग देखाउने जस्ता घिनलाग्दा क्रियाकलाप गर्दै आएका थिए।

छात्राले अन्य नम्बरहरू ब्लक गरे पनि मिश्रले नयाँ–नयाँ नम्बरबाट सम्पर्क गरेर धम्की दिने र दबाब सिर्जना गर्ने गरेको आरोप लगाएकी छन्।घटना सार्वजनिक भएपछि विद्यार्थी तथा स्थानीय युवाले विद्यालयका सञ्चालकमाथि कारबाहीको माग गरेका छन्। तर सत्य तथ्य बुझ्न पुगेका विद्यार्थी र युवाहरूसँग मिश्रले उल्टै धाकधम्की र दुर्व्यवहार गरेपछि उनीहरूलाई कलेजमै कुटपिटसमेत भएको जनाइएको छ।

खबर सार्वजनिक भए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। तर, केही शिक्षक र संस्थाले घटनालाई मिलाउन दबाब दिइरहेको तथा पीडितलाई चुप पार्ने प्रयास भइरहेको आशङ्का स्थानीय युवाहरूले व्यक्त गरेका छन्।
यस घटनाबारे निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याबसन) इनरुवाले अझैसम्म स्पष्ट धारणा नदिँदा विद्यार्थी सुरक्षाप्रति उनीहरूको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ।यसअघि पनि इनरुवाकै अर्को निजी विद्यालयमा यस्तै प्रकृतिको घटना सार्वजनिक भएकाले अभिभावकहरूमा थप चिन्ता बढेको छ। विद्यालयका सञ्चालक भएपनि उनी सोही स्कुलमा विज्ञान विषय समेत अध्यापन गराउँदै आएका थिए ।

सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेबेले बताएअनुसार, जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षसँग कुराकानी गरिएको थियो। तर पीडितले पिडक हरेराम मिश्र विरुद्ध जाहेरी दिन अस्वीकार गरेकाले अनुसन्धान अघि बढाउन नसकिने अवस्था सिर्जना भएको थियो।यस घटनामा साइबर अपराध र अभद्र व्यवहारको मुद्दा लाग्ने भए पनि पिडकविरुद्ध कुनै उजुरी नपरेकोले कारबाही प्रक्रिया रोकिएको थियो।

पीडित परिवार र स्थानीयवासीले शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिबाट यस्ता अपराध पुनः नदोहरिन कडा कारबाही गर्न र विद्यालय व्यवस्थापनले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने माग गरेका छन्। यता विद्यालयले विज्ञप्ति जारी गर्दै अश्लील भिडियो पठाउने शिक्षक हरेराम मिश्रलाई स्कुलबाट बर्खास्त गरिएको जनाएको छ।-सुन्दरहरैचा अपडेटबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖