सुकुना बहुमुखी क्याम्पसकी प्रभा थापा बिबिएमा नेपाल प्रथम
मोरंग । सुन्दरहरैँचाको सुकुना बहुमुखी क्याम्पसले फेरि एकपटक देशकै शैक्षिक उत्कृष्टताको प्रमाण प्रस्तुत गरेको छ।
हालै प्रकाशित BBA पाँचौं सेमेस्टरको नतिजामा क्याम्पसकी छात्रा प्रभा थापाले ४.० SGPA ल्याउँदै नेपाल प्रथम स्थान हासिल गरेकी छन्। त्यस्तै, अर्चना रिजाल ३.९९ SGPA ल्याएर दोस्रो स्थानमा र योवी गुरुङ, स्मृति बस्नेत र प्रकृति लुइटेलले ३.९८ SGPA हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरे।
हरेक वर्ष उत्कृष्ट नतिजा उत्पादन गर्दै आएको सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचासँगै समग्र देशकै शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ।


