झापाको दमकमा करेन्ट लागेर विद्युत कर्मचारी गम्भीर घाइते
झापा । झापाको दमकमा करेन्ट लागेर विद्युत कर्मचारी गम्भीर घाइते भएका छन् ।
दमक नगरपालिका–८ बालुवाटारमा आइतबार दिउँसो सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लाग्दा ४३ वर्षीय विद्युत करार कर्मचारी तिलोचन बराल गम्भीर घाइते भएका छन्।
टाउको, हात र आँखामा चोट लागेका बराललाई प्रारम्भिक उपचारपछि विराट टिचिङ अस्पताल, विराटनगरमा भर्ना गरिएको प्रहरीले जनाएको छ।


