संखुवासभामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यू

खाँदबारी । संखुवासभाको खाँदबारी १ स्थित वेलफेयर डाँडामा बोलेरो गाडीले ठक्कर दिएको पैदल यात्रीको मृत्यू भएको छ ।

सोमबार दिउँसो पाँचखपन नगरपालिका ३ का गंगा श्रेष्ठलाई गाडीले ठक्कर दिएपछि खाँदबारी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी निरिक्षक रामकुमार लामिछानेका अनुसार करिव १२:३० बजेको समयमा वेलफेयर भन्दा माथीको उत्तर दक्षिण कोशी सडकको घुम्तिमा गाडीले श्रेष्ठलाई ठक्कर दिएको थियो । गम्भिर घाईते श्रेष्ठलाई जिल्ला अस्पताल खाँदबारी पुर्याई उपचार गर्ने क्रममा निधन भएको हो ।

सवारी चालकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।