काठमाडौंमा अविरल वर्षापछि पहिरो, सडक भासिँदा बस्ती जोखिममा
काठमाडौ । गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ। काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिनु भएको छ।
आज बिहान करिब ९:०० बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ।
उक्त सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ। अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी नदी कटान रोक्ने प्रयास भइरहेको छ।
यदि कुनै बस्तीमा डुबानको कारण समस्या उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ। जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।
👉 कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू:
📞 १६६००१०५५११
📞 ०१५९०१७६४
📞 ०१५९०१७६३ (KMC Police)


