पाँचथर दुर्घटनामा मृतक र घाइते सबैजनाको पहिचान खुल्यो (नामावली सहित)

पाँचथर । तमोर करिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका– ३ स्थित कार्तिकेमा भएको बोलेरो दुर्घटनामा परी घाइते हुने र मृत्यु हुनेको पहिचान खुलेको छ ।

तमोर करिडोरअन्तर्गत कुम्मायक– ३ मा शनिबार दिउँसो ताप्लेजुङबाट धरानका लागि छुटेको मे-१ ज-३०५५ नम्बरको बोलेरो दुर्घटना भएको थियो । १२ जना यात्रु सवार बोलेरो दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

दुर्घटनामा परी ताप्लेजुङको मेरिङदेन– ५ की २९ वर्षीया युना तामाङ, मेरिङदेन– २ का ३३ वर्षीय विनोद लोवा, मेरिङदेन– ४ की २१ वर्षीया, गीता हाङगाम, मेरिङदेन– ५ का अभिषेक लिम्बू, सोही ठाउँका ३३ वर्षीय धनकुमार चोङवाङ र मोरङ उर्लाबारी– ८ की २८ वर्षीया मनीषा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतकहरूको साथमा फेला परेको कागजात, मोबाइल फोन तथा सोधपुछबाट पहिचान खुलेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ताप्लेजुङ मेरिङदेन गाउँपालिका( ५ का २२ वर्षीय महेश लिम्बू, मिक्लाखोला गाउँपालिका ४ की २५ वर्षीया मनु सावा लिम्बू, ताप्लेजुङ कालीखोलाका सात वर्षीय अनिश लिम्बू, सुनसरीका ३५ वर्षीय महेश गुरागाईं, ताप्लेजुङ मेरिङदेन गाउँपालिका– ५ का २५ वर्षीय विमल र ताप्लेजुङ मिक्लाखोला गाउँपालिका– ४, सावाका ३० वर्षीय सञ्जोहाङ लिम्बू रहेका छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइतेमध्ये पाँचजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घाइते सञ्जोहाङलाई भने जिल्ला अस्पताल पाँचथरमा उपचारपछि झापा पठाइएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖