यसरी भयो उदयपुरमा गुड्दै गरेको कारमा आगलागी, बालक घाइते
उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा पर्ने उदयपुरगढी गाउँपालिका–७ अधेँरी खण्डमा गुड्दै गरेको कारमा आगलागी हुँदा एक बालक घाइते भएका छन्, भने कार जलेर पूर्ण रुपमा खरानी भएको छ ।
सोमबार इलामबाट काठमाडौं तर्फ जाँदै गरेको बा ९ च ८६६८ नम्वरको गुडिरहेको कारमा अचानक आगलागी हुँदा एक बालक सामान्य घाइते भएको जिल्ला प्रहरी कर्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए ।
दोङका अनुसार घर पूर्ण रुपमा जली क्षति भएको छ । उनले भने, ‘आगोलागी भएको कारमा चालक जिल्ला इलाम चुलाचुली गाउँपालिका–५ बस्ने वर्ष ४२ को प्रेम कुमार सेन्चुरी, श्रीमती वर्ष २७ की अनिता सेनचुरी छोरा वर्ष १४ को आयुष सेनचुरी सकुशल छन्, भने अर्का छोरा वर्ष ७ को आरोन सेनचुरी सामान्य घाइते भइ उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याईएको छ ।’-बेतना दैनिक


