उपन्यास ‘सुजुना’ माथि धनकुटामा परिचर्चा

धनकुटा । धनकुटाका उपन्यासकार धनबहादुर आठपहरिया द्वारा लिखित उपन्यास ‘सुजुना’ माथि धनकुटामा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

किरात आठपहरिया भाषा, साहित्य तथा सांस्कृतिक विभाग, धनकुटा र मिसन पोयट्री, धनकुटा को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पस का प्राध्यापक डा. यज्ञप्रसाद गुरागाईं ले कृतिमाथि चर्चा गर्दै उपन्यासले समाजका यथार्थ विषयवस्तुलाई सशक्त रूपमा उठान गरेको बताए। उनले पुस्तकले पाठकको मन सहजै छुने र सामाजिक चेतना जगाउने विश्वास व्यक्त गरे।

परिचर्चाका वक्ताहरूले ‘सुजुना’ केवल एक पात्रको कथा नभई अभाव, सङ्घर्ष र पीडाबीच जीवन बिताइरहेका नेपाली समाजका हजारौँ महिलाहरूको प्रतिनिधिमूलक कथा भएको धारणा राखेका थिए।

उपन्यासकी मुख्य पात्र सुजुना आर्थिक रूपमा विपन्न परिवारकी १२ वर्षीया बालिका हुन्। शिक्षाको खोजीमा काठमाडौं पुगेकी उनी विभिन्न चुनौती, शोषण, विभेद तथा सामाजिक असमानतासँग जुध्न बाध्य हुने कथावस्तु उपन्यासमा समेटिएको छ।

२६ वटा शीर्षकमा विभाजित यस कृतिले सामाजिक यथार्थ, मातृत्व, आर्थिक अभाव, रोग, लैङ्गिक विभेद तथा विभिन्न सामाजिक समस्याबाट प्रभावित महिलाहरूको जीवन सङ्घर्षलाई प्रभावकारी ढङ्गले चित्रण गरेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा साहित्यप्रेमी, लेखक, विद्यार्थी तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सीमान्तकृत समुदायका स्रष्टा धनबहादुर आठपहरिया को यस उपन्यासले विशेषगरी आठपहरिया समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक तथा लैङ्गिक यथार्थ लाई सशक्त रूपमा उजागर गरेको चर्चा गरिएको थियो।

उपन्यासमा आठपहरिया समुदायको संस्कृति, परम्परा, जीवनशैली तथा जन्मदेखि मृत्युसम्मका संस्कारहरूलाई समेटिएको छ। साथै, मार्गाथान सँग सम्बन्धित सांस्कृतिक पक्षहरूलाई कथासँग जोडेर समुदायको मौलिक पहिचानलाई साहित्यिक रूपमा अभिव्यक्त गरिएको सहभागीहरूको भनाइ थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।