धनकुटामा हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो
धनकुटा, असार ११ । धनकुटा प्रहरीले हराएको मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–१० डुम्रेसान्ने निवासी बालकृष्ण सुवेदीको रेड्मी 15C कम्पनीको मोबाइल २०८३ वैशाख २१ गते हराएको भन्दै खोजतलासका लागि कार्यालयमा लिखित निवेदन दिएका थिए।
उक्त निवेदनका आधारमा प्रहरीले सूक्ष्म अनुसन्धान तथा खोजतलास गर्ने क्रममा मोबाइल फेला पारेको हो। फेला परेको मोबाइल बिहीबार सम्बन्धित धनी सुवेदीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
प्रहरीले हराएका मोबाइल तथा अन्य सामग्री फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।


