कोशी प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण
धनकुटा, असार १९ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण तथा भ्रमण गरेका छन्।
शुक्रबार सम्पन्न निरीक्षणका क्रममा उनले कार्यालयका विभिन्न शाखाको अनुगमन गर्दै समग्र प्रहरी गतिविधिबारे जानकारी लिएका थिए। सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो।
प्रदेश प्रहरी प्रमुख घिमिरेले प्रहरी कर्मचारीलाई व्यावसायिकता, अनुशासन र सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका सबै प्रहरी कर्मचारीको सहभागिता रहेको थियो।


