भानु जयन्तीमा एनआरएनए आईसीसी साहित्य समितिको विशेष कार्यक्रम

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत साहित्य समितिले भानु जयन्ती मनाएको छ।

आदिकवि भानुभक्त आचार्य र घाँसीको चर्चा तथा सम्मान व्यक्त गर्दै जयन्ती मनाइएको हो। कार्यक्रमको प्रारम्भमा आख्यान लेखनमा आवश्यक तत्त्वहरूको बारेमा प्रा.डा. कुमार कोइरालाले प्रस्तुति गर्नुभएको थियो। लगत्तै एक मिनेट मौनधारणापछि साहित्यकार केदार सुनुवार ‘संकेत’ले भानु र घाँसीको बारेमा प्रस्तुति गर्नुभएको थियो।

त्यसपछि सहभागी स्रष्टाहरूले भानु र घाँसीको बारेमा लेखिएका सिर्जनाहरू वाचन गर्नुभएको थियो। गोमा राना, डा. लेखनाथ काफ्ले, सीतादेवी प्रधान, सागर श्रेष्ठ, राजेन दुवाढी, शिला घमाल, दिनेश राई ‘मिल्जाई’ लगायतले वाचन गर्नुभएको थियो। कार्यक्रममा एनआरएनए केन्द्रका प्रवक्ता सोम सापकोटा, युरोप संयोजक रोबर्ट लिम्बु, विनय शाह, पवनकुमार बुढाथोकी, डेन्जाम साम्पाङ, नरेश काडमाड, टेकबहादुर थापा लगायतको सहभागिता रहेको थियो।

प्रमुख अतिथिका तर्फबाट प्रा.डा. गोविन्दराज भट्टराईले सार्क मुलुकअन्तर्गत प्रत्येक मुलुकको सबैभन्दा पुरानो सङ्ग्रह प्रकाशन गर्ने सार्क कार्यालयको पत्रअनुसार भानुभक्तको बारेमा लेखिएको पुस्तकको पाण्डुलिपि अङ्ग्रेजीमा लेखेर बुझाउनुभएको तर हालसम्म प्रकाशन नभएको अवस्था रहेको बताउनुभयो। लगत्तै हङकङ एनआरएनएको तर्फबाट दुई लाख रुपैयाँ दिने घोषणा विनय शाहले गर्नुभयो भने अमेरिकाको सान फ्रान्सिस्कोमा रहनुभएकी रितादेवी प्रधानले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो। त्यतिले पनि अपुग भएको खण्डमा आफू पनि सहयोग गर्न इच्छुक रहेको कुरा नाइजेरियामा रहनुभएका साहित्य समितिका सल्लाहकार हिक्मत थापाले बताउनुभयो। सल्लाहकार गोविन्द गौतमले साहित्य समितिले विश्व सम्मेलन पनि गर्नुपर्ने सुझाव राख्नुभयो।

साहित्य समितिका सदस्य अमित थेवेले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व समितिका संयोजक तथा आईसीसी उपाध्यक्ष विश्वास दीप तिगेलाले गर्नुभएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।