अवैध पटाकाजन्य विस्फोटक पदार्थ सहित एक जना पक्राउ
काठमाडौं। काठमाडौंमा अवैध रूपमा लुकाइछिपाइ ल्याइएका पटाकाजन्य विस्फोटक पदार्थसहित एक जना गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक २ गते राति करिब ९ः४० बजे दक्षिणकाली नगरपालिका–५, फर्पिङस्थित चेकपोस्टमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०६–००१ ज ०२२० नम्बरको विद्युतीय गाडी जाँच गर्ने क्रममा पटाकाजन्य विस्फोटक पदार्थ फेला परेको हो।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले गाडीमा लुकाइछिपाइ ल्याइएका विभिन्न प्रकारका पटाका बरामद गरी चालक काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ निवासी २८ वर्षीय प्रशान्त थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका पटाकामा कलर कटी ८ प्याकेट, गोल्डेन कोर १ प्याकेट, ह्याप्पी बर्थडे २ प्याकेट, २५ राइडर १ प्याकेट, राउन्ड चक्कर २ प्याकेट, रकर बम ५ प्याकेट, ओरिजिनल ५ प्याकेट, ५५५ बम ३ प्याकेट, रेड कार्को १ प्याकेट, याहुई २ प्याकेट, रंगे बरात २ प्याकेट, पेन्टा स्काई ३ प्याकेट, गोल्ड रिच ५ प्याकेट, सुपर फ्लावर २ प्याकेट, बाहुबली २ प्याकेट, डिजिटल २ प्याकेट, मेगा एलिफेन्ट १ प्याकेट, मोरी छाप २ प्याकेट, गन गन १ प्याकेट, मंगल २ १ प्याकेट, ग्रिन कलर्ड ४ प्याकेट र किङ कोब्रा ३ प्याकेट रहेका छन्।
पक्राउ परेका चालक र बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।


