महाकवि देवकोटाको सम्झनामा मनोहरा साहित्य समाजको ११८औँ शृङ्खलामा विविध रचना वाचन

काठमाडौँ । मनोहरा साहित्य समाजको ११८औँ मासिक रचना वाचन शृङ्खला महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा विविध साहित्यिक रचना वाचन गर्दै सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता तथा सल्लाहकार छत्रभूषण दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खोदनाथ चापागाईं विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

मुसलधारे वर्षा र झरीका बाबजुद गोविन्द घिमिरे ‘वेदमणि’, चेवन बस्नेत, पदम दाहाल, महेश्वर खनाल, लीलाराज दाहाल, चन्द्र मादेन ‘आन्छन्’, डा. चिरञ्जीवी रेग्मीलगायत दुई दर्जनभन्दा बढी स्रष्टाको उपस्थिति थियो।

कार्यक्रमको सुरुवातमा महाकवि देवकोटाको तस्बिरमा पुष्पार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि अध्यक्ष अर्यालले देवकोटाको चर्चित रचना ‘पागल’ वाचन गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए।

कार्यक्रममा महेश्वर खनाल, चेवन बस्नेत, बलराम विष्ट, भावना न्यौपाने, द्वारिकाप्रसाद चालिसे, सुशील आचार्य, केशव ज्ञवाली ‘आगत’, पदम दाहाल, प्रेमनाथ घिमिरे, कृष्णप्रसाद पौडेल, लीलाराज दाहाल, चन्द्र मादेन ‘आन्छन्’, गोविन्द घिमिरे ‘वेदमणि’लगायत स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

स्रष्टाहरूले शास्त्रीय छन्द, मुक्त लय, गजल, सुसेली र लघुकथालगायत विधाका रचना वाचन गरेका थिए। उनीहरूका सिर्जनामा चाडपर्वका परम्परा, महँगी, सामाजिक विकृति–विसङ्गति, वृद्धवृद्धाको अवस्था र समाजप्रतिको दायित्वजस्ता समसामयिक विषय समेटिएका थिए।

विशिष्ट अतिथि खोदनाथ चापागाईंले समाज निर्माणमा साहित्य र स्रष्टाको भूमिकाबारे चर्चा गर्दै महाकवि देवकोटाप्रति श्रद्धा व्यक्त गरेका थिए। प्रमुख अतिथि छत्रभूषण दाहालले साहित्यिक गतिविधि र सामाजिक परिवर्तनमा मनोहरा साहित्य समाजले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष अर्यालको अनुमतिमा धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो।

मनोहरा साहित्य समाजले विगत १२ वर्षदेखि प्रत्येक महिनाको दोस्रो शनिबार नियमित रूपमा खुला सिर्जना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले यस अवधिमा सयौँ स्रष्टालाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गरेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖