धनकुटाको नाम राख्दै सुमन योगीले आफ्ने स्वर, संगीत र शब्दमा ल्याए ‘द बोस’ (भिडियो सहित)
धनकुटा । टिन्ज क्रु’को प्रस्तुतिमा तयार भएको ‘द बोस’ नामक म्युजिक भिडियोमा सुमन योगीले स्वर, संगीत तथा शब्द दिएका छन्।
गीतमा रिजेन बडुले गितार बजाएका छन् भने जीवन बडुले एरेन्जर तथा मास्टरिङ इन्जिनियरको जिम्मेवारी सम्हालेका छन्। स्टुडियो प्रोडक्सन पनि सुमन योगीले नै गरेका हुन्।
म्युजिक भिडियोमा सुमन योगी र करिश्मा शाही ठकुरीको अभिनय रहेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेश पाण्डेले गरेका छन्। देव दोर्जेले डीओपी र सौगात श्रेष्ठले सिनेमाटोग्राफीको जिम्मेवारी सम्हालेका छन्।
त्यस्तै, भिडियोको सम्पादन, कलरिङ तथा पोस्टर डिजाइन शौखिन तिमल्सिनाले गरेका छन्। मेकअप प्रिया नगरकोटीले गरेकी छन् भने कलाको जिम्मेवारी जटा शंकरले सम्हालेका छन्। नवराज र देवराजको डान्स समूहको पनि भिडियोमा सहभागिता रहेको छ।
भिडियो निर्माणमा मीनकुमार लिम्बू, नुप गुरुङ र विकास थापा मगरले विशेष सहयोग गरेका छन्।


