सामुदायिक वनबाट बेवारिसे अवस्थामा ८ थान भरुवा बन्दुक बरामद
सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट ८ थान अवैध भरुवा बन्दुक बरामद भएका छन्।
बिहीबार दिउँसो करिब ४ बजे वन क्षेत्रमा बन्दुक लुकाइछिपाइ राखिएको सूचना पाएपछि खोजतलास गर्ने क्रममा ती बन्दुक फेला परेको जनाइएको छ।
बरामद बन्दुकमध्ये ५ थान साबुत र ३ थान बेसाबुत रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


