प्रस्तावित चारजना न्यायाधीशविरुद्ध १३ वटा उजुरी, आज छलफल गर्दै

काठमाडौं, २० कात्तिक । संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सुरु गरेको छ । सर्वोच्च अदालतका लागि प्रस्तावित चारजना न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् ।

समितिको बिहीबार बसेको बैठकमा सर्वोच्चका न्यायाधीशका लागि प्रस्तावित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेका उजुरी खोलिएको थियो । बैठकमा प्राप्त उजुरीहरू खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ ।

उजुरीमा उठाइएका विषय, आरोप तथा प्रश्नबारे अध्ययन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया अघि बढाइने समितिले जनाएको छ । समितिले उजुरीकर्ताहरूसँग शुक्रबार छलफल गर्ने कार्यतालिका छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि चारजनाको नाम सिफारिस गरेको थियो । संविधानअनुसार सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्नुअघि संसदीय सुनुवाइ गरी समितिबाट नाम अनुमोदन हुनुपर्ने व्यवस्था छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖