ब्राउन सुगर सहित झापा, सुनसरी र ताप्लेजुङबाट पाँच जना पक्राउ

विराटनगर, मंसिर ४। कोशी प्रदेशका झापा, सुनसरी र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार मंसिर ३ गते झापाको दमक र झिलझिलेबाट तीन जना, सुनसरीबाट एक जना र ताप्लेजुङबाट एक जना पक्राउ परेका हुन्।

झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–६ का मनिष शर्मा र डिकबहादुर शर्मालाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय झिलझिलेले दमक नगरपालिका–७ का भीमसागर न्यौपानेलाई ७३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का उदितनारायण चौधरीलाई ८ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका–७ का आशिष लिम्बूलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।

पाँच जनाबाट बरामद ब्राउन सुगरको कुल परिमाण ११ ग्राम ८५० मिलिग्राम रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖