धनकुटाको सहिदभूमिमा ट्रान्सफर्मर मर्मतका क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सहिदभूमि–२ कबिर टोल निवासी ४३ वर्षीय रामकुमार राई रहेका छन् । उनी सहिदभूमि पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए ।
गाउँमा ट्रान्सफर्मरमा समस्या आएपछि हिजो साँझ करिब ७ः३५ बजे मर्मतका लागि खटिएका राई करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा राति ८ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
