भोजपुरमा सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद
भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–८ खलङ्गास्थित सानो सालघारी सामुदायिक वनबाट बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मंसिर ११ गते अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको गस्ती टोलीले सामुदायिक वनमा लुकाएर राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको हो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी बन्दुक बरामद गरेको जनाएको छ ।
बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
