सुमन योगी र याङ्गी दोङ अभिनित ‘मूलको पानी कुलको छोरो’ सार्वजनिक
धनकुटा । धनकुटाका कलाकार सुमन योगी र याङ्गी दोङको अभिनय रहेको ‘मूलको पानी कुलको छोरो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा बबिना किराँती र दिनेश भारतीको स्वर रहेको छ भने निर्देशन तथा कोरियोग्राफी सुरेश पाण्डेले गरेका छन् ।
स्थानीय कलाकार तथा प्राविधिकहरूको सहभागितामा निर्माण गरिएको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
यसले धनकुटाको कला तथा सांगीतिक क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
