शैक्षिक तथा बहुधार्मिक महोत्सबबाट नगद रु. ३५ लाख संकलन, १२ जनाद्वारा जग्गादान
धनकुटा खबर : तेह्रथुम, २२ फागुन । तेह्रथुमको छथर सुक्रबारेमा आयोजित तेह्रथुम छथर शुक्रबारे शैक्षिक तथा बहुधार्मिक महोत्सबबाट नगद ३५ लाख संकलन १२ जनाले जग्गादान गरेका छन ।
गत फागुन १५ गतेबाट तेह्रथुमको छथर शुक्रबारेमा रहेको सरस्वती माबीलाई जिल्लाके नमुना तथा अन्तराष्ट्यि मापडण्ड अनुसारको बिद्यालय निमार्ण गर्ने उदेश्यका साथ आायोजना भएको शैक्षिक तथा बहुधार्मिक महोत्सवमा स्थानीय तथा देश बिदेशमा रहनु भएका सहयोग दाताहरुबाट महोत्सबको अबधीभरमा ३५ लाख नगद सहित १२ जनाले जग्गा दान गर्नु भएको छ ।

महोत्सबको अबसरमा गोबिन्द भट्राईले ४ आना, राममाया सुतार कार्कीले ४ आना, टंक थापाले ४ आना, झमक खड्काले ४ आना, मिना निरौलाले ४ आना, बिर बहादुर भट्राईले २ रोपनी, झप्ट बहादुर कार्कीले १ रोपनी, राम बहादुर भट्राईले साढे ९ रोपनी, डम्बर भट्राई ४ आना, देश बहादुर कार्कीले १ रोपनी ११ आना, सुरेन्द्र खड्का दिल पाक्साँवा र शंखरमान खेवाले सामुहिक रुपमा ४ आना र टिका ढकालले मधुमल्लामा ९ धुर जग्गादान गर्नु भएको बिद्यालयका प्रधानध्यापक टिकाराम बस्नेतले बताउनु भयो ।
बिभिन्न धर्मलम्बीहरुले आ आफ्नो संस्कार संस्कृति अन्तरगत लिम्बु समुदायहरुले तिनराते तङसिङ तक्मा कार्यक्रम हिन्दुधर्मलम्बीहरुले ज्ञानमाहायज्ञ किराँत धर्मलम्बीहरुले अष्टपुजा लगायतका कार्यक्रम सम्पन्न भएको छ ।


