किसानलाई कुखुरा पालन तालिम

धनकुटा खवर, फागुन २६ । धनकुटाको महाभारत गाविसमा सञ्चालित स्थानीय कुखुरा पालन सम्वन्धि २ दिने तालिमको समापन गरिएको छ ।

जिल्ला पशुसेवा कार्यलय धनकुटा र पशुसेवा केन्द्र भेडेटारको संयुक्त आयोजनामा सञ्चालित तालिममा खोर व्यवस्थापन,आहार व्यवस्थापन र स्थानीय कुखुरामा लाग्ने रोग र यसको उपचार लगायतको विषयमा किसानहरुलाई जानकारी दिईएको छ ।

तालिम समापन सँगै सहभागीहरुलाई कुखुरामा लाग्ने रोग नियन्त्रणका लागि प्रयोग गरिने विषाधी,वाटरपोट,स्टेन,कोक स्प्रे लगायतका सामाग्री प्रदान गरिएको कार्यलयका डा नन्दलाल वर्माले जानकारी दिए ।

तालिमको सहजीकरण ,पशुसेवा केन्द्र भेडेटारका अधिकृत सुवेन्द्र शाह, पशुसेवा केन्द डाडावजारका पशु प्राविधिक श्री कृष्ण यादव र महाभारतका पशु चिकित्सक नविन राईले सहजीकरण गरेका थिए । तालिममा त्यहाँका ५० जना किसानको सहभागीता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।