विश्व भेटेरिनरि दिवसमा चितवनमा पशु कल्याण तथा अधिकार सम्बन्धि सेमिनार
धनकुटा खबर / चितवन, १६ बैशाख । नेपालकै ठूलो प्राविधिक कलेज नेपाल पाेलिटेक्निक चितवनमा पशु कल्याण तथा अधिकार सम्वन्धि सेमिनार सम्पन्न भएको छ । विश्व भेटेरिनरि दिवसकाे अवसर पारेर अनेरास्ववियु एन पि अाई र नेपाल भेटेरिनरि बिद्यार्थी एशाेसिएसन एन पि अाई काे सम्युक्त अायाेजनामा सेमिनार गरिएकाे हो ।

कार्यक्रममा एग्रि भेट स्टडि एण्ड रिसर्च टिमका अध्यक्ष माधव पाण्डे, अनेरास्ववियुका सचेत सुवेदी, लाेकेन्द्र न्याैपाने अनिता पाैडेल लगायतले पशु कल्याण तथा अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धमा भेटेरिनरि डाक्टरकाे भुमिकाबारे धारणा राखेका थिए ।
सेमिनार लाई सहजिकरण गर्दै अधिवक्ता डा. अर्जुन चापागाईंले विश्व तथा नेपालमा पशु अधिकारकाे अवस्था, पशु कल्याणमा विभिन्न निकायकाे भुमिका तथा त्यस सम्बन्धित ऐन नियमकाे बारेमा जानकारी प्रदान गरेका थिए ।
अाैपचारिक कार्यक्रमकाे सभापतित्व नेपाल भेटेरिनरि बिद्यार्थी एशाेसिएसन एन पि अाई का अध्यक्ष राजेन्द्र तिवारीले तथा सञ्चालन मदन भण्डारीले गरेका थिए ।


