नयाँ-नयाँ ट्रिक प्रयोग गर्दै चेलिबेटी बेच्ने दलालद्वारा धर्म र आस्थालाई नै प्रयोग

कहिले आर्थिक प्रलोभन राम्रो पढाईको वहाना गरेर भारत तिर लगी चेलिबेटिलाई नारकिय जीवनमा धकेल्दै आएका छन केहि पैसाका लागी

कञ्चनपुर । नेपाली चेलिबेटी बेच विखन गर्ने र उनलाई विदेशमा नारकिय जीवन विताउन वाध्य पर्ने दलालहरुले हदै सम्मका नया नया जुक्तिहरु प्रयोग गर्दे आइरहेका पछिल्ला विभिन्न घटनाहरुमा खुलेका छन ।

दलालहरुले कहिले विवाहको प्रलोभन , कहिले बैदेशिक रोजगारी बहाना त कहिले आर्थिक प्रलोभन राम्रो पढाईको वहाना गरेर भारत तिर लगी चेलिबेटि लाई नारकिय जिवनमा धकेल्दै आएका छन केहि पैसाका लागी । हुदा हुदा अहिले भने ति दलालहरुले धर्म र आस्थालाई नै प्रयोग गरी चेलि बेटिलाई मानव तस्कर सम्म पुुर्याउने गरीएको खुलेको छ ।

कुरा हो कञ्चनपुर को , रोजगारीका लागि भन्दै अवैध बाटो प्रयोग गरि दुवई र किर्गिस्तान जान भनि हिडेका २ जना महिलालाई माईती नेपाल कञ्चनपुरले पश्चिमी सिमा गड्डाचौकीमा रोकेको छ । शनीवार काठमाण्डौ – दिल्ली रुटमा चल्ने बा ३ ख ४१६८ नम्बरको बसमा जादै गरेका २ जनालाई सिमामा नियमित चेक जाच गर्ने क्रममा शंका लागी माईती नेपाल कञ्चनपुरको गड्डाचौकी पोष्टले रोकेको हो ।

सिमामा रोकेका महिलामा सिन्धुपालचोक जिल्लाको बेलेफी गाँउपलिकाकी २२ वर्षिय युवती र सोलखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिकाकी ३८ वर्षिय महिला रहेकी छन । चेक चाचका क्रमा बस भित्र लामा समुदायका केहि विशेष व्यक्तिले लगाउने पोसाकमा एक जना युवती भेटिएकी र उनलाई सोधपुछ गर्दा आफु भारतिय धर्मसालामा जाने बताएको र नागरिकता हेर्दा लामा नभएको हुदा शंका लागेर थप सोधपुछ गर्दे जादा उनी संगै अर्की महिलापनी आएको उनले वताईएपछि उनी जोखिम मा पर्न सक्ने भन्दै उद्धार गरएिको माईति नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ ।

ति युवतीलाई रोजगारीका लागि पठाउने २ जना व्यक्तिले काठमाडौको बसपार्कमै बौद्ध धर्म गरुहरुले लगाउने पोशाक लगाएमा बाटोमा प्रहरी र माईती नेपाल जस्तै संघ संस्थाले चेकजाच नगर्ने भन्दै लगाएको ति युवतीले माइृती नेपाल समक्ष बताएको संयोजक भट्टले जानकारी दिनुभएको छ । दुईजना एजेन्ट आउनुभयो र संगै आएकी अर्कि महिलाले तिमिलाई दिल्ली सम्म पुर्याई दिन्छ र त्यहा तिमिलाई लिन हाम्रो मान्छे आउछ भन्नूभएको थियो‘‘ उनले माईति नेपाल समक्ष बताईन । साथै दुवई जानकालागी पासर्पोट समेत एजेन्टले नै वनाईए दिएको उनले वताईन ।

उनीहरुलाई दिल्लीमा अर्को व्यक्ति लिन आउने भन्दै राम्रो तलब भएको ठाउमा जागिर लगाई दिने प्रलोभन दिएर भारत हुदै तेस्रो मुलुक पठाउन लागेको प्रारम्भीक सोधपुछका क्रममा खुलेको र यसरी लामा समुदायको पोशाकमा सजाएर दलालहरुले महिलालाई तेस्रो मुलक पठाउन लागेको यो घटना पहिलो भएको माइृति नेपालकी संयोजक भट्टले वताउनुभएको छ ।

यसअघिका अधिकांश घटनामा विवाहको प्रलोभन तथा भारतको सिमला पहाडमा गई स्याउ टिप्ने लगायतका उपाय अवलम्बन गरी चेलीबेटी ओसारपसार गर्ने गरिएको थियो भने पछिल्लो समय भने दलालहरुले सिमानाका कटाउने नयन नयन ट्रिकहरु अपनाउदै आईरहेका छन । सिमामा आज रोकिएका दुवै जनाको विषयमा आवश्यक सोधपुछ भइरहेको माईति नेपाल कञ्चनपुरले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।